आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

जेठ २ गते कोड फर चेन्ज चितवनले ‘ करियर कुरा ’ कार्यक्रम आयोजना गर्दै  

  • समाचार कुञ्ज
  • २०८१ बैशाख ३१, सोमबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • निराज रानाभाट, चितवन । कोड फर चेन्जले जेठ २ गते चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा ‘ करियर कुरा ’ कार्यक्रमको आयोजना गर्ने कोड फर चेन्ज चितवनका परियोजना नेतृत्व मेगराज कँडेलले जानकारी दिए । उक्त कार्यक्रम जेठ २ गते, बिहान ११:०० बजेदेखि दिउँसो ०२:०० बजेसम्म हुने छ । यो कार्यक्रमले विज्ञान र प्रविधि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई लक्षित गर्ने भएको छ । कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले आफूलाई सूचना तथा प्रविधिको क्षेत्रमा कसरी अगाडि बढ्ने तथा त्यसमा सफल हुने कुरा विभिन्न विशेषज्ञहरूले सम्बोधन गर्दै विद्यार्थीहरूलाई रोजगारका अवसरहरूको बारेमा जानकारी प्रदान गर्ने छन् । उक्त कार्यक्रम आइटीमा रोजगार र इन्टर्नशिप, डिजिटल चितवनको भिजन, आइटीमा सडक नक्शा र आइटीको दायरा र बजार सम्बन्धि जानकारी प्रदान गरिने छ ।

    साथै सूचना तथा प्रविधिमा इच्छुक विधार्थीहरुले येस्ता कार्यक्रममा सहभागी भएमा आफूले नेपालमै सूचनाको क्षेत्रमा राम्रो भविष्य सुरक्षित गर्न सकिने सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख खिमलाल दाहालले बताए । ‘ कोड फर चेन्ज ’ एक गैर – नाफामुलक संगठन हो जसले गत केही वर्षदेखि प्रविधिसँग जोडिएर आफ्नो अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विधार्थीहरूका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आएको छ। यो सन् २०२४ सालदेखि चितवनमा स्थापना भई विभिन्न सूचना तथा प्रविधिसँग सम्बन्धि तालिम नि:शुल्क रुपमा प्रदान गरिरहेको छ ।

    ०२:०० बजेसम्म हुने छ । यो कार्यक्रमले विज्ञान र प्रविधि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई लक्षित गर्ने भएको छ । कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले आफूलाई सूचना तथा प्रविधिको क्षेत्रमा कसरी अगाडि बढ्ने तथा त्यसमा सफल हुने कुरा विभिन्न

    विशेषज्ञहरूले सम्बोधन गर्दै विद्यार्थीहरूलाई रोजगारका अवसरहरूको बारेमा जानकारी प्रदान गर्ने छन् । उक्त कार्यक्रम आइटीमा रोजगार र इन्टर्नशिप, डिजिटल चितवनको भिजन, आइटीमा सडक नक्शा र आइटीको दायरा र बजार सम्बन्धि जानकारी प्रदान गरिने छ ।

    साथै सूचना तथा प्रविधिमा इच्छुक विधार्थीहरुले येस्ता कार्यक्रममा सहभागी भएमा आफूले नेपालमै सूचनाको क्षेत्रमा राम्रो भविष्य सुरक्षित गर्न सकिने सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख खिमलाल दाहालले बताए । ‘ कोड फर चेन्ज ’ एक गैर – नाफामुलक संगठन हो जसले गत केही वर्षदेखि प्रविधिसँग जोडिएर आफ्नो अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विधार्थीहरूका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आएको छ। यो सन् २०२४ सालदेखि चितवनमा स्थापना भई विभिन्न सूचना तथा प्रविधिसँग सम्बन्धि तालिम नि:शुल्क रुपमा प्रदान गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित खबरहरु
    ताजा अपडेट