
समाचार कुञ्ज वाग्मती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने कान्ति लोकपथ सडकखण्ड सडक चौडा र स्तरोन्नति सहितको निर्माण कार्य भइरहेको छ । यस सडकखण्डमा सडकमाथिका कडा चट्टान कटिङ गरेर सडक चौडा गर्ने र सडक स्तरोन्नतिसमेत कार्य भइरहेको छ ।
उक्त सडकखण्ड बिहान ०४:०० बजेदेखि बिहान ०९:०० बजेसम्म र दिउँसो १२:०० बजेदेखि साँझ ०६:०० बजेसम्म सवारी आवतजावतमा रोक लगाइएको छ, भने एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायात सञ्चालन गर्न सहजीकरण गर्ने गरेको छ ।
तस्बिर ; निराज रानाभाट

प्रतिक्रिया दिनुहोस