आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नवलपुरका खोलामा खुलेआम तस्करी ,नियन्त्रण गर्न पालिका र प्रहरीलाई छैन चासो


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ १०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • कावासोती । पूर्वी नवलपरासी(नवलपुर)को खोलाहरुमा खुलेआम तस्करी हुने गरेको देखिएको छ । जिल्लामा रहेको खहरेखोलाहरुबाट हरेक दिन खुलेआम नदीजन्य पदार्थको अबैध निकासी हुने गरेको देखिएको छ । खोलाबाट नदीजन्य पदार्थकोतस्करी गर्ने क्रम पछिल्ला दिन झनै बढेको देखिएको हो । जिल्लाको केरुङ्गे , गिरुवारी , अरुणखोला ,विनयी ,बौलाहा ,झरहीखोलाहरुबाट खुलेआम नदीजन्य पदार्थको तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।

     खुलेआम तस्करी हुदाँ समेत नियमनकारीनिकाय स्थानीय सरकार र प्रहरी प्रशासनले तस्करी रोक्न चासो नदिएको स्थानीय बताउछन् । हुप्सेकोटका स्थानीय बोमबहादुरगाहले भने, ‘खुलेआम गिरबारी खोलाबाट गिटी बालुवाको तस्करी हुन्छ। प्रहरीलाई खबर गर्यो भने प्रहरीले नै उल्टैट्याक्टरवालालाई भगाउँछ।’ गाहले प्रहरी चौकीमा ट्याक्टरवालाबाट मासिक रूपमा पैसा जाने गरेको समेत आरोप लगाएका छन्। 

    अहिले हुप्सेकोटमा मात्रै होइन कावासोतीको केरुङ्गे , मध्यविन्दुको गिरुवारी र अरुणखोला ,विनयीत्रिबेणीको विनयी,देवचुलीको बौलाहा र झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको देखिन्छ । गाउँघरमा प्रयोगगर्ने भनी स्थानीय तस्कर खोलामा साँझ बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ । यद्यपिनवलपुरका धेरै खोलामा अलिहेसम्म ठेक्का लाग्न सकेको छैन । खोलामा दिनहुँ अवैध उत्खनन गरी नदीजन्य पदार्थको चोरी गरीबिक्री वितरण गरिरहँदा यहाँका स्थानीय सरकार र प्रहरी भने मौन बसेको छ ।

     नगरपालिका तथा जिल्ला समन्वय समितिलेअनुगमन नगर्दा खोलामा व्यापक चोरी बढेको स्थानीयवासी बताउँछन् । तस्करहरु प्रहरीको सेटिङमा खोलामा दिनदहाडैखोलाजन्य पदार्थ झिकिरहेको स्थानीयवासीको आरोप छ । यसरी खोलाबाट दिनहुँ लाखौँ रकमको खोलाजन्य पदार्थको चोरीतस्करी भइरहँदा सम्बन्धित निकाय चुपचाप बसेको छ । नवलपुरका प्रहरी प्रमुख नरहरी रेग्मीलाई गिटीबालुवा तस्करी किननरोकेको भन्ने हाम्रो प्रश्नमा उनले यो काम स्थानीय सरकारको भएको र स्थानीय सरकारले सहायता मागे आफूले सहयोग गर्नेबताएका छन् । 

    उनले तस्करीमा संलग्न रहेका केही सवारीलाई समातेको भएपनि स्थानीय पालीकाहरुबाटै छोड्नका लागि दवावआउने गरेको बताएका छन् । अहिले नवलपुरको खोलामा नदीजन्य पदार्थको तस्करी बढेपछी सरोकारवालाले समेत चिन्ता व्यक्तगरेका छन् । आर्थिक वर्षको अन्तीम समयमा आउदा समेत जिल्लाको विनयीत्रिवेणीको विनयी खोला र मध्यविन्दुको खोलाकोकेही खण्ड बाहेक अन्य क्षेत्रका खोलामा टेन्डर लागेको छैन । त्यसले स्थानीय तहले लाखौं राजस्व घाटा बेहोर्नुपरेको छ ।सर्वसाधारणले तस्करी गरिएको निर्माण सामग्री महँगोमा किन्नु परिरहेको छ ।

    टेन्डर नभएका खोलाबाट दिनदहाडै नदीजन्य पदार्थको चोरीतस्करी भइरहेको भए पनि नियन्त्रणका लागि पहल नगरेको स्थानीयलेगुनासो गरेका छन् । रातिको समयमा नदीजन्य पदार्थ उत्खनन गर्ने र पुरानो स्टकमा मिलाएर दिनभर उपभोक्तालाई चर्काे मूल्यमाबिक्री भइरहेको सथानीयले बताएका छन् । सुरक्षाकर्मीकै अगाडि खुलेआम चोरीनिकासी र बेचबिखन हुँदा समेत प्रशासन मौनबसेको कारण उत्खनन बढेको गुनासो बढेको हो । ठेक्का नलाग्दा तस्करलाई फाइदैफाइदा छ भने अर्काेतर्फ सरकारको राजस्वचुहावट र उपभोक्ताहरू ठगिनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।नमुना पोष्टबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट