आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

वर्षाका कारण महेन्द्र राजमार्गको थुम्सीमा बाटो अवरुद्ध


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ १५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • गैंडाकोट, १५ जेठ ।
    वर्षाका कारण महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोटस्थित थुम्सीमा राजमार्ग अवरुद्ध भएको छ ।
     

    इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार सोमबार रातिको वर्षाले थुम्सीको हनुमान मन्दिर नजिकै बाटो अवरुद्ध छ । सोमबार दिउँसो र रातिको पानीले निर्माणाधीन बाटोको माटो बगाएर राजमार्ग अवरुद्ध हुँदा महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सयौं यात्रु थुम्सीमा अलपत्र परेका छन् । हिलो माटोमा गाडी फसेका छन् । प्रहरीले अहिले डोजर प्रयोग गरेर राजमार्ग खुलाउने प्रयास भैरहेको बताएको छ ।

    यस्तै महेन्द्रराजमार्गको दाउन्नेमा डाइभर्सन बगाएका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएको छ । मंगलबार बिहानदेखि डोजरले सडक पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा छ । गैंडाकोट प्रहरीका अनुसार कालीगण्डकी कोरिडोर अन्तर्गत विभिन्न ठाउँमा डाइभर्सन बगाएर बाटो अवरुद्ध छ ।

    महेन्द्रराजमार्ग फराकिलो पार्ने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले राजमार्ग भत्काएर छोडेको वर्षौ भइसक्दा पनि काम नगरेकाले सानो वर्षा हुनासाथ ती स्थानमा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

    तस्बिर : भूमिश्वर सापकोटा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट