
समाचार कुञ्ज कावासोती नगरको आ.व. ०८१/०८२ को लागि बालबालिकाहरुको सवाल र योजना पहिचानको लागि बाल भेला सप्पन्न गरिएको छ ।
कावासोती नगर बाल संजालका अध्यक्ष मनिष न्यौपानेको अध्यक्षता र नगर प्रमुख बिष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता नगरका सवै वडाबाट प्रतिनिधित्व हुने गरि सप्पन्न गरिएको महिला बालबालिका शाखाको रिता रिजालले बताउनुभयो ।स्थानीय तहको योजना तर्जुमा प्रक्रिया चलिरहदा बालभेला पनि महत्त्वपूर्ण अङ्ग रहेकोले प्रत्येक बर्ष झै यो बर्ष पनि बालबालिकाहरुको माग र योजना संकलनको लागि आयोजना गरिएको नगर प्रमुख बिष्णु प्रसाद भुसालले बताउनुभयो ।

नगर प्रमुख भुसालले आफु बाल्यकालमा हुँदाको शिक्षा र अन्य अवस्थाहरु बताउदै अहिले निकै नै सहज रहेकोले सवैले अनिवार्य र अनुशासित रूपमा अध्ययनको लागि आग्रह पनि गर्नुभयो । उहाँले मन्तव्यको क्रममा पहिला आफू पनि शिक्षक रहेकोले प्राथमिकता बालबालिकाको शिक्षा र उनिहरुको चौतर्फी बिकास नै रहेकोले अहिलेपनि निरन्तर लागिरहेको र निरन्तरता दिने बताउनुभयो ।
स्थानीय तहको सिमित साधन र स्रोतले गर्दा आशातित काम गर्न नसकिएको भयता पनि नगरलाई बालमैत्री, किशोरी मैत्री गराउन प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
सो कार्यक्रममा बाल भेलाको सन्चालन निर्देशिका अनुसार फरक फरक समुहमा बालबालिकाको समूह बिभाजन गरि बालबालिकाहरुको समस्याहरु र सवालहरु र यसको समाधानको उपायहरु, बालबालिकालाई मन पर्ने र मन नपर्ने, बालबालिकाको दृस्ठिकोणले पालिका कस्तो देख्न चाहनुहुन्छ भन्ने बारेमा सहजीकरण गरियको सहजकर्ता दिपक शर्माले बताउनुभयो ।
बाल भेलामा बालबालिकाहरुले नगर र आफ्नो क्षेत्रमा रहेका ब्याप्त समस्याहरुको बारेमा बताएका थिय । जसमा समाजमा ब्याप्त सानो उमेरमा गरिने विवाह र बाल विवाह, बाल श्रम, विभेद, लागू औषध र चुरोट सुर्तीको खुल्ला रूपमा बिक्रिबितरण गरिने, बालबालिकालाई निर्णय प्रक्रियामा अर्थपुर्ण सहभागिता नगराउने, हिंसा, शोषण, खेलकुदमा बालिकाको सहभागिता बढाउने क्रियाकलाप सन्चालन नहुने, गरिव र कमजोरले शिक्षा हासिल गर्न समस्या रहेको भनी सोही अनुसारको योजना र नितिहरुको निर्माणको लागि सुझावहरु दिनुभएकोछ ।
बाल भेलामा प्रत्येक वडास्तरिय बाल क्लव र नगरस्तरीय बाल क्लव र अन्य बालबालिकाहरु गरि ६० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस