आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नवलपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २२, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • नवलपुर । नवलपुरको मध्यविन्दुमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका –१२ ज्वाईथरका ६९ वर्षीय चित्रबहादुर थापा रहेका छन् ।

    ठुलोपोखरा सामुदायिक वनमा बिहान ८:३० बजेको समयमा चलेको हावाहुरीले बाख्रा चराउन गएका थापालाई रुख ढलेर च्यापिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

    रुखले च्याप्दा थापाको घटनास्थलमै मृत्यु भएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट