आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तिनाउमा डुबेर भारतीय किशाेरको मृत्यु 


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • तानसेन – पाल्पामा पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर पुनः एक जना भारतीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुर थाना, सैजन्वा बस्ने १५ वर्षका आर्यन कुमार रहेको प्रहरीले जनाएको छ । 

    आइतबार दिउँशो आफ्ना १५/१६ जना साथीसँगै पाल्पा तिनाउ–३, ड्यामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा उनी एक्कासी बेपत्ता भएका थिए । बेपत्तापछि खोजी गर्ने क्रममा नजिकै उनको शब फेला परेको जिल्ला प्रहरी कार्यालय

    पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । एक दिनअघि पनि तिनाउ–३, झुम्सामा एक जना भारतीय नागरिकको डुबेर मृत्यु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट