आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चक्कु प्रहारबाट घाइते भएका युवकको उपचारको क्रममा मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ ३१, बिहिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • दाङ, ३१ जेठ ।
    दाङमा चक्कु प्रहारबाट घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको तुलसीपुरमा मङ्गलबार राती चक्कु प्रहारबाट घाइते भएका तुलसीपुर–४ का २४ वर्षीय गोरखलाल खड्काको भारतको लखनउमा उपचारकै क्रममा गएराती मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिएका छन् ।

    प्रहरीका अनुसार घर नजिकै बसिरहेको अवस्थामा सामान्य विवादका कारण मङ्गलबार राती युवाहरुको समुहले खड्कामाथि चक्कु प्रहार गरेको थियो ।

    चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज हुदै थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको थियो । उपचारकै क्रममा उनको गएराती सवा ९ बजेतिर मृत्यु भएको हो । चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २०/२२ वर्षका विकास पुनलाई प्रहरीले पक्राउ गरेको थियो । जसमा दुईजनाको मात्रै घटनामा संलग्नता देखिएकाले उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट