आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पहिराले मुग्लिन-मलेखु खण्ड अवरुद्ध


  • समाचार कुञ्ज
  • २०८१ अषाढ ३, सोमबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो ।

    अहिले पहिरो पन्छाउने काम जारी रहेको उहाँले बताउनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट