आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

शुक्लागण्डकी नगरपालिकाको बजेट १ अर्व १२ करोड 


  • समाचार कुञ्ज
  • २०८१ अषाढ ८, शनिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्व १२ करोडको अनुमानित बजेट ल्याउने भएको छ । शुक्रबारबाट सुरु भएको १५ औँ अधिवेशनलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले आगामी आर्थिक बर्षका लागि कुल १ अर्व १२ करोड ९६ लाख नौ हजारको अनुमानित बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो ।

    उहाँले आउँदो बर्षका लागि संघीय सरकारबाट समानीकरण अनुदान स्वरुप १४ करोड ४६ लाख, संघीय सरकारको राजस्व बाँडफाडबाट १३ करोड १० लाख, संघीय सरकारबाट ससर्त अनुदान ६२ करोड ३६ लाख ४१ हजार, विशेष अनुदान ६० लाख, समपुरक अनुदान स्वरुप १ करोड १० लाख प्राप्त हुने बताउनुभयो । 

    यस्तै प्रदेश सरकारबाट समानिकरण अनुदानमा २ करोड ५९ हजार, राजश्व बाँडफाँडबाट १ करोड ९६ लाख ९ हजार, समपुरक अनुदान मार्फत १ करोड प्राप्त हुदाँ नगरपालिकाले १२ करोड १० लाख आन्तरिक आम्दानी गर्ने, सडक बोर्ड नेपालबाट अनुदान स्वरुप ७० लाख र घर जग्गा रजिष्ट्रेशन मार्फत ३ करोड प्राप्त गर्ने अनुमानित बजेट नगर प्रमुख पण्डितले घोषणा गर्नूभयो । 
    अधिवेशनका क्रममा नगरपालिकाका उप प्रमुख खुमबहादुर वि.क राजुले आगामी आर्थिक बर्षमा नगरपालिकाले अवम्लव तथा निर्माण गर्ने निति तथा कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । उहाँले प्रस्तुत गरेको निती तथा कार्यक्रम आगमी २७ गते बजेट सहित सार्वजनिक गर्ने नगरपालिकाले जनाएको  छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट