आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता


  • समाचार कुञ्ज
  • २०८१ अषाढ १२, बुधबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • १२ असार, काठमाडौं ।

    लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।क्व्होलासोथार गाउँपालिका-३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

    आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए ।

    उनका अनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ ।

    त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ । सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी घलेले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट