आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

एसइई : तनहुँका १३ सामुदायिक विद्यालयको नतिजा शून्य: घिरिङमा ३ शुन्य


  • समाचार कुञ्ज
  • २०८१ अषाढ १४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • दमौली : बिहीबार प्रकाशित भएको एसइई परीक्षाफलअनुसार तनहुँका १३ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ। १३ वटा सामुदायिक विद्यालयबाट कुनै पनि परीक्षार्थी पास नभएका जिल्ला शिक्षा समन्वय ईकाई तनहुँका सूचना अधिकारी विश्व प्रकाश रेग्मीले जानकारी दिए।

    जिल्लाबाट २०८० सालमा एक हजार ६ सय ९६ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए। तीमध्ये २३७ जना मात्र पास भएका छन्।सूचना अधिकारी रेग्मीका अनुसार शुक्लागण्डकी नगरपालिकाका सरस्वती मावि, भानु नगरपालिकाका आदर्श सरस्वती मावि, शुक्लागण्डकी नगरपालिकाकै महेन्द्रमावि, ऋषिङ गाउँपालिकाका जय दुर्गा मावि र व्यास नगरपालिकाका अमरसिंह माविबाट कुनै पनि विद्यार्थीहरु पास हुन सकेनन्।

    यसैगरी, घिरिङ गाउँपालिकाका दिपक मावि, ऋषिङ गाउँपालिकाका महेन्द्रोदय मावि, वन्दिपुर गाउँपालिकाका शिव मावि, घिरिङ गाउँपालिकाका रास्ट्रिय मावि, आँबुखैरेनी गाउँपालिका कन्यादेवी मावि, आँबुखैरेनी गाउँपालिकाकै छिम्केश्वरी मावि र घिरिङ गाउँपालिकाकै महेन्द्रज्योती माविको नतिजा शून्य आएको छ।

    शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उद्धवराज जमरकट्टेलका अनुसार तनहुँ जिल्लाबाट यस बर्ष ५ हजार ३ सय ६४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये साधारण तर्फ ५ हजार २ सय ३१ जना र प्राविधिक तर्फ १ सय ३३ जना रहेका थिए ।

    समन्वय प्रमुख कट्टेलका अनुसार परीक्षामा सहभागी भएका मध्ये साधारण तर्फ २ हजार १ सय ७८ जना र प्राविधिक तर्फ ५४ जनाले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् । प्रतिशतमा यो संख्या ४१.६१ प्रतिशत हुन आएको छ ।

    त्यस्तै ३.६ –४ जिपिए ल्याउने विद्यार्थीको संख्या २ स ३६ जना , ३.२–३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ७ सय ७ जना , २.८–३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या ८ सय ८८ जना ,२.४–२.८ जिपिए ल्याउने विद्यार्थीको संख्या ३ सय ८२ जना ,२.०–२.४ जिपिए ल्याउने विद्यार्थीको संख्या १९ जना , १.६–२.० जिपिए ल्याउने विद्यार्थीको संख्या १ जना रहेको छ ।दमौलि अनलाइन बाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट