
समाचार कुञ्ज #पहिरो अपडेट






असार , २३ भिमाद
अविरल बर्षाका कारण आएको पहिरोले दमौली-खैरेनीटार ३३ के.भि.प्रशारण लाईनको कुम्लेखोला मालेबगरमा ३ वटा र मौरिओडारमा ४ वटा पोल ढल्दा उक्त लाईन अबरुद्ध छ । खैरेनी सवस्टेशनमा सप्लाई हुने उक्त लाईन अवरुद्ध हुँदा तनहुँको ५ वटा, नवलपुरको २ वटा र स्याङ्जाको १ वटा स्थानिय तहमा लाईन प्रभावित भएको छ ।अविरल वर्षात,अवरुद्द सडक र पोल गाड्ने स्थानमै पहिरो गएको कारण ३३ के.भि.लाईन मर्मत गरि सन्चालन गर्न समय लाग्ने भएको छ ।
वैकल्पिक रुपमा लेखनाथ सवस्टेशनको ११ के.भि.खैरेनी फिडरबाट सम्पुर्ण स्थानमा लाईन सन्चालनका लागि प्रयास भैइरहेकोमा विभिन्न स्थानमा पहिरो र बाढिका कारण वितरण लाईनका पोलहरु ढलेका कारण हालसम्म आधा स्थानमा लाईन सुचारु भएको छ र अन्य स्थानमा सन्चालन गर्ने कार्य भैइरहेको छ । बैकल्पिक रुपमा सन्चालन गरिने लाईनमा कम भोल्टेज प्रवाह हुने छ । साथै शु.न.पा. ८ को ढोरर्फिर्दी, भिमाद ३ को जलौदी, भिमाद नपा २ को बोक्सानमा बितरण लाईनका पोलहरु पहिरोले ढली त्यस तर्फको लाईन अवरुद्द छ m अविरल बर्षातका कारण मर्मत कार्य सम्पन्न गर्न समय लाग्ने भएको छ ।
भिमाद न.पा. ५ मा बुडुवा खोलामा असार २२ गते आएको बाढिका कारण खैरेनिटार देखि घिरिङ तर्फ प्रशारित ३३ के.भि.लाईनको ८ वटा पोल बगाएको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका ई. निरोज पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस