आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपुरका दुई गाउँपालिका सदरमुकाम सम्म जोडने सडक पुर्ण रुपमा बन्द


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २४, सोमबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • कावासोती । विगत केहि दिन देखि परेको अविरल वर्षाको कारण ठाउँमा ठाउँमा पहिरो खसे पछि नवलपुरको पहाडी क्षेत्रका बुलिङ्गटार र बौदिकाली गाउँपालिका जाने मुख्य सडकहरु अवरुद्ध भएका छ्न ।

    लगातार परेको पानीले पहाडी क्षेत्र जाने सडकको कुमसोत-पोखरी खण्डको पांग्रेमा बिहिबार देखि गएको पहिरो पन्छाउन नसकिदा दलदले र कावासोती बाट कुमसोत हुँदै जाने सवारी चलन नसकेका हुन । पांग्रेको पहिरो पन्छाउने काम पुर्ण रुपमा पानी नरोकिए सम्म गर्न नसकिने प्रहरीले जनाएको छ ।

    यसैगरी  पहाडी क्षेत्र जोडने अर्को सडक कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोट र बुलिङ्गटारको सिमानामा रहेको तरंगेको खोलामा आएको बाढीले खोलाको ह्युमपाईप बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    पहाडी क्षेत्र जोडने मुख्य बाटोहरुमा ठाउँ ठाउँमा पहिरो गएको र बाटोमा पर्ने साना खोलाहरुमा समेत बाढी आएपछी गाउँपालिकालाई सदरमुकाम सम्म जोडने सडक पुर्ण रुपमा बन्द हुदाँ जनजीवन प्रभावित भएको हो ।नवलपुर टाइम्स बाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट