आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पोखरामा पहिरोले घर पुरिँदा २२ वर्षीय युवकको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • कास्की । पोखरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।

     जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए । उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ । रासस

    फाइल फाेटाे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट