आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दाउरा तान्ने क्रममा नदीले बगाउँदा पुरुष बेपत्ता,खोजी कार्य तीब्र


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • दमौली । बाढीले बगाएर ल्याएको दाउरा तान्ने क्रममा बुधबार बिहान तनहुँमा एक पुरुष नदीले बगाउँदा बेपत्ता भएका    छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ निवासी ५५ बर्षका तालबहादुर थापा बेपत्ता भएका हुन् ।  सोही वडा स्थित छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा अचानक नदीमा आएको भेलले बगाएको प्रहरीले जनाएको छ ।
    नदीले बगाएका व्यक्तिको अहिले व्यापक खोजी कार्य भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो ।  उहाँका अनुसार गएरातीदेखि अबिरल बर्षा परिरहेको र नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा कठिनाई हुने देखिएको छ ।

    नदीमा बाढीले बगाएर ल्याएको दाउरा खोज्न नदी किनार आसपासका  मानिसहरुको बिहानदेखि नै भीड लाग्ने गर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट