आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नारायणीमा भेटिएका ३ वटै शव सिमलताल दुर्घटनाकाे भएकाे पुष्टि


  • समाचार कुञ्ज
  • २०८१ अषाढ ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • रामकुमार श्रेष्ठ / नवलपरासी । हिजाे चितवन र नवलपुरमा नारायणी नदी किनारमा भेटिएका ३ वटा शवहरू सबै समतलताल दुर्घटनामा हराएका यात्रुकाे भएकाे पुष्टि भएकाे छ । 

    नवलपुरकाे गैडाकाेट ७ गैरीस्थित नारायणी नदी किनारमा भेटिएका दुई वटा शव मध्य थप एक जनाकाे पनि सनाखत भएकाे छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार उक्त शव चितवनकाे माडी नगरपालिका १ बस्ने बर्ष २२ को बिकाश परियारको रहेकाे रहेकाे पुष्टि भएकाे छ । 

     बिरगञ्जबाट काठमाण्डौ तर्फ गई रहेको एन्जल लेखेको बागमती प्रदेश०३-००६ख १५१६ नं. बसमा सवार रहेको भनी मृतकको दाई बिजय परियारले सनाखत गरेको प्रहरीले जनाएकाे छ । 

    अन्य दुई वटा शवकाे हिजाे नै सनाखत भएकाे थियाे। 

     भरतपुर– २८, गोलाघाटस्थित नारायणी नदी किनारमा भेटिएको शव गणपति डिलक्सका यात्रु भारतीय नागरिक २८ वर्षीय ऋषि पल साह र गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदी किनारमा दिउँसो दुई पुरुषको शव भेटिएकोमा एउटा गणपति डिलक्सकै यात्रु ११ वर्षीय रमित माझीको रहेको पुष्टि भएको थियाे। 

    यसैबीच नवलपुर र पश्चिम नवलपरासी नारायणी नदी किनार आसपास प्रहरीले दुर्घटनामा परेका यात्रुहरूकाे खाेजी शुरू गरेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट