आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कुकुर पिटेको निहुँमा ढुंगा प्रहारबाट बाबुको हत्या


  • समाचार कुञ्ज
  • २०८१ श्रावण २, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • कावासोती । नवलपुरको कावासोतीमा ढुंगा प्रहार गरि छोराले बाबुको हत्या गरेका छन् । आज बिहान ११ बजेतिरको समयमा कावासोती- ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले ४३ वर्षीय आफ्नै बुबा प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।

    मृतक प्रेम बहादुरले मादक पदार्थ सेवन गरेर कुकरलाई कुटपिट गर्दा कुकुरको मृत्यु भएको रिसमा छोरा निराजनले ढुङ्गाले प्रहार गरेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आफ्नै घर अगाडि नालामा ढुङ्गाले प्रहार गरी उनले हत्या गरेको स्थानीयले बताए ।

    घटनाबारे खबर पाएपछि प्रहरी निरीक्षक बिक्रम रिजालको कमाण्डमा सात जनाको टोली खटिएको छ। उक्त टोलीले छोरा निराजनलाई पक्राउ गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट