आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

पुष्पलाल स्मृति दिवसमा घिरिङमा बृक्षारोपण


  • समाचार कुञ्ज
  • २०८१ श्रावण ८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • अन्जान परियार । घिरिङ, साउन ७

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अबसरमा नेकपा एमाले घिरिङ गाउँकमिटीले सोमबार बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

    वडा नम्बर ४ गडौलिटार स्थित महेन्द्रज्योती माविको प्राङ्गणमा आयोजित सो बृक्षारोपण कार्यक्रमको नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य एवं घिरिङ गाउँ पालिकाका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरेका थिए ।

    नेकपा एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका सदस्यहरु तथा गाउँ कमिटिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा कपुर, कल्की र बिरेन्द्रफुल गरि जम्मा १ सय २० बिरुवा रोपिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट