आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पहिरोले घर पुरिँदा हजुरआमाको मृ*त्यु, नातिनी बेपत्ता


  • समाचार कुञ्ज
  • २०८१ श्रावण १९, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • काठमाडौं – रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमाको मृत्यु भएको छ भने नातिनी बेपत्ता भएकी छिन्।

    सुनछहारी गाउँपालिका ४ सिउरीमा देउसिंह कामीको घर गएराति १० बजे पहिरोले पुर्दा उनकी आमा ७० वर्षीया बुसुना सुनारको मृत्यु भएको हो । उनको शव निकालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले जानकारी दिए।

    देउसिंहकी ४ वर्षीया छोरी भने भेटिएकी छैनन्। अहिले प्रहरी र स्थानीय उनको खोजी तथा उद्धारमा जुटिरहेको डीएसपी लामाले बताए।

    देउसिंह र उनकी पत्नी कामको सिलसिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट