
समाचार कुञ्ज वालवालिकाको साथी नेपाल संस्थाको सहयोगमा यस श्री डेढगाउँ माध्यमिक विद्यालय आधारभुत तह कक्षा १ – ५ मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय शिक्षकहरुबाट प्राप्त हुने गृहकार्य गर्न सहयोग पुग्ने गरी गृहकार्य केन्द्र सञ्चालन गर्ने गरी आजबाट विद्यालय र सहयोगी संस्था विच सहमती पत्रमा हस्ताक्षर भएको छ। 
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री बाल प्रसाद ठाडाको अध्यक्षतामा र बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझा ज्यूको प्रमुख आतिथ्यता तथा बौदीकाली गाउँपालिका २ नम्बर वडा अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठको विशिष्ट आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा बौदीकाली गाउँपालिका २ नम्बर वडा सदस्य श्री पदम बहादुर वि. क. , गाउँ शिक्षा समिति सदस्य श्री होम नाथ भट्टराई, शिक्षक अभिभावक संघ अध्यक्ष श्री यादव प्रसाद ओझा, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघ पदाधिकारी, अभिभावक ज्यूहरु साथै विद्यालयका शिक्षक कर्मचारीहरुको र सहयोगी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष श्री दिपेन्द्र वि.क., र सचिव बिर बहादुर बि.क. को उपस्थिति रहेको थियो । 
कार्यक्रम सम्झौता अनुसार सहयोगी संस्थाले हाललाई गृहकार्य केन्द्र सञ्चालनको लागि एक जना सहजकर्ता शिक्षक उपलब्ध गराउने र प्रभावकारीताको आधारमा आगामी अशोज महिना पस्चात थप अर्को एक जना शिक्षक उपलब्ध गराउनेछ । केन्द्र सञ्चालनको लागि विद्यालयले उपयुक्त कक्षाकोठा उपलब्ध गराउनु पर्नेछ भने संस्थाले केन्द्रमा आवश्यक व्यवस्थापकिय कार्य गर्नको लागि सुरुमा रु १,००,०००।– (अक्षररूपी )एक लाख रूपैयाँ रकम उपलब्ध गराउनेछ । भविष्यमा गृहकार्य केन्द्रको प्रभावकारिता र यसले ल्याएको सकारात्मक नतिजाको आधारमा संस्थाले निस्चित Seed Money विद्यालयलाई उपलब्ध गराई गृहकार्य केन्द्र हस्तान्तरणको निति लिइने सम्झौता पत्रमा जनाइएको छ ।
विद्यालयमा सञ्चालन हुने गृहकार्य केन्द्रमा गृहकार्य गर्नमा विद्यार्थीहरुलाई सहयोग गर्ने मात्र नभइ विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न अतिरिक्त कृयाकलापहरु समेत सञ्चालन हुनेछन । 
गृहकार्य केन्द्र हाललाई विहानी समय ७ बजे देखि ९ बजेसम्मको समय तय गरिएको छ । उक्त समयमा विद्यालयमा अध्ययनरत गृहकार्य गर्ने सम्बन्धमा समस्या भएका विद्यार्थीहरु केन्द्रमा उपस्थित भइ सम्बन्धित सहजकर्ता शिक्षक संग सहयोग लिन सक्नेछन । यस सम्बन्धमा आवश्यक सम्पूर्ण सहयोग गरिदिनु हुन अभिभावक ज्यूहरुमा हार्दिक अनुरोध छ ।
विद्यार्थीहरुको सिकाई अवसर बढोत्तरी गर्ने सन्दर्भमा गृहकार्य केन्द्रले महत्वपूर्ण भुमिकाको साथ सहयोग गर्ने अपेक्षाको साथ सहयोगी संस्थालाई विद्यालयको तर्फबाट प्रधानध्यापक गंगाराम विश्वक्रमले हार्दिक धन्यवाद दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस