आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

दाउन्नेमा सडक मर्मतका लागि यातायात संचालनमा रोक


  • समाचार कुञ्ज
  • २०८१ श्रावण २९, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • दयाराम आचार्य, नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्ने खण्डमा भासिँएको सडक मर्मतका लागि यातायात संचालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन गरिएको थियो । भासिँएको स्थानमा मर्मतका लागि आज दिउँसो एक बजे सम्म यातायात संचालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो ।

    विनयी त्रिवेणी गाउँपालिका – २ स्थित दाउन्ने बजारमा भासिँएको सडकमा थप क्षति भएर समस्या हुन सक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।

    सडक मर्मत गर्नका लागि आज दिउँसो सम्मका लागि अत्यावश्यक सवारी बाहेकलाई संचालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो । मर्मतको काम नसकिए आज दिनभर जसो यस खण्डमा नियमित रुपमा यातायात संचालन हुने सम्भावना कम रहेको छ । यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई आजको लागि वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट