आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

ऋषिङ गाउँपालिकाको दुभुङमा चिया खेती 


  • समाचार कुञ्ज
  • २०८१ श्रावण ३२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • ऋषिङ गाउँपालिका–३ दुभुङ स्थित वडा कार्यालय नजिकैको सार्वजानिक जग्गामा चिया खेती सुरु गरिएको छ । दुभुङ भालेथुम्कीस्थित १ सय रोपनी सार्वजानिक जग्गाको केही भागमा विहिबार चियाखेती शुभारम्भ गरिएको हो । ऋषिङ गाउँपालिकाका अध्यक्षराजेन्द्रकृष्ण श्रेष्ठको नेतृत्वमा चियाखेती शुभारम्भ गरिएको हो ।

    विहिबार करिब १५ सय चियाको विरुवा रोपिएको थियो । सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दुभुङमाचियाखेतीको लागि उपयुक्त हावापानी भएको हुँदा चियाखेतीलाई थप विस्तार गरिने बताए । चियाको उत्पादनलाई ऋषिङको गौरवकोरुपमा उत्पादन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

    सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिनु थापा, वडा नम्बर ३ का वडा अध्यक्ष भिमबहादुर थापा र सदस्यहरु, नेपाली काँग्रेसकाजिल्ला सदस्य मोहन गिरी, नेकपा एमालेका नेता कविराज श्रेष्ठ, स्थानीय शान्ति माविका शिक्षक तथा विद्यार्थीहरु लगायतकोसहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट