आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नवलपुर बौदिकालीमा पहिरो जार्दा कालीगण्डकी करिडोर अवरुद्ध


  • समाचार कुञ्ज
  • २०८१ भाद्र ४, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नवलपुर।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका –३, स्थित जन्तिपहिरोमा खसेको पहिराको कारण करिडोर पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो ।

    जन्तिपहिरोमा गएरातिदेखि परेको अविरल वर्षका कारण लेदो सहितको पहिरो खसेको हो । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । वर्षा भइरहेकाले  तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । वर्षा रोकिएपछि मात्र पहिरो हटाउने कार्य सुरु हुने उहाँले बताउनुभयो ।

    कालिगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारीहरु संचालनमा आउन सकेकाछैनन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट