आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मुग्लिन-आँबुखैरेनी सडकखण्ड आज चार घन्टा अवरुद्ध हुने


  • समाचार कुञ्ज
  • २०८१ भाद्र १०, सोमबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज चार घन्टा अवरुद्ध हुने भएको छ ।

    आँबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६:३० देखि चार घन्टा उक्त सडक अवरुद्ध हुन लागेको हो ।

    राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

    शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ ।

    ‘सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घन्टा सवारी आवागमन रोकिनेछ,’ उनले भने । पोखराबाट काठमाडौंतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

    दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट