आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

एउटै कोठामा २ वटा कक्षाका विद्यार्थी


  • समाचार कुञ्ज
  • २०८१ भाद्र १२, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • हेटौँडा —पूर्वी मकवानपुरको बकैया गाउँपालिका- १२, कोलखोपस्थित श्री प्राथमिक विद्यालयको भवन भत्किएको छ । मंगलबारको अविरल वर्षासंगै माथिबाट पहिरो खस्दा विद्यालयको भवन भत्किएको हो ।

    पहिरोले इँट्टा, सिमेन्ट र जस्ताले बनेको भवनको दुई वटा कोठा भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले कोठाभित्र रहेको फर्निचर र फाइलहरु पूर्णरुपमा क्षति भएको र भवनसँग जोडिएको शौचालयमा समेत आंशिक रुपमा क्षति भएको जनाएको छ ।

    विद्यालय भवनको २ वटा कोठा पूर्णरुपमा क्षति भएपछि उक्त कक्षा कोठामा अध्ययन गर्ने छात्रछात्राहरुलाई कक्षा ४ र ५ कक्षाको कोठामा राखेर पढाउने गरिएको प्रधानाध्यापक निरुता चौलागाईले बताइन् ।पहिरोले क्षति पुर्‍याएको २ वटा कोठामा २ र ३ कक्षाका विद्यार्थीहरु अध्ययन गर्थे ।पहिरोको कारण विद्यार्थीहरु त्रसित छन् ।

    तैपनि पढ्न आएका छन्,' उनले भनिन् । शिशु कक्षादेखि ५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा ५० जना छात्रछात्राहरु अध्ययन गर्छन् । तीमध्ये ४९ जना तामाङ समुदायका बालबालिकाहरु अध्ययनरत छन् भने एक दलित समुदायका बालक छन् ।कान्तिपुर अनलाईन बाट साभार

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट