आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

ऋषिङका जनप्रतिनिधीको एक महिनाको बैठक भत्ताले विद्यालयमा अक्षयकोष स्थापना


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • तनहुँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीको एक महिनाको भत्ता रकम सामाजिक क्षेत्रमा खर्च गरिने भएको छ । गाउँपालिका भित्र रहेका एघार वटा माध्यमिक विद्यालयमा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि भत्ता रकम खर्च गर्न लागेका हुन् । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट बर्षेनी गरीब,जेहेन्दार,बिपन्न र अशक्त विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने योजना रहेको गाउँपालिका प्रवक्ता बिजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक बर्ष सुरुवात भएदेखि अक्षयकोष स्थापनाका लागि प्रक्रिया अघि बढाइसकिएको छ । गाउँपालिकामा कूल चौवालिस जना जनप्रतिनिधी रहेका छन् । यस पालिकामा आठ वटा वडा कार्यालय रहेको छ,उहाँले भन्नुभयो  “प्रत्येक वडामा पाँच जनाका दरले चालिस जना वडासदस्य रहेका छन् ।” 

    त्यसैगरी गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र दुई जना मनोनित सदस्य गरी कूल चौवालिस जना प्रतिनिधी रहेका छन् । जनप्रतिनिधीले एक महिनामा पाउने बैठक भत्ता बापतको रकम सहयोग गर्दा अक्ष्याकोषमा करिब रु.आठ लाख संकलन हुने प्रवक्ता दरैले बताउनुभयो । जनप्रतिनिधीको बाँकी रहेको अब तीन बर्षे कार्यकालसम्म यस कार्यलाई निरन्तरता दिने गरी गाउँपालिकाको गाउँसभाबाट पारित भैसकेको छ ।  
    गाउँपालिकाको १६ औ अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रमबाट पारित गरी कार्यन्वयनको प्रक्रियामा रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिनुभयो ।उहाँका अनुसार जनप्रतिनिधीले पाउने बर्षको एक महिनाको भत्ता रकम तीन बर्षसम्म निरन्तरता दिई अक्षयकोषमा रु.२४ लाख पु¥याउने योजना रहेको छ ।

     
    अक्षयकोष स्थापना गर्नका लागि जनप्रतिनिधीले कार्यविधि बनाएर साउन महिनाबाट लागू हुने गरी प्रक्रिया अघि बढाइसकिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । साभार : जनचाहना न्यूज

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट