आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

घरघरमा भिडियो एक्सरे सेवा पुर्याउँदै तनहुँको ऋषिङ्ग गाउँपालिका


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३४ पाठक संख्या
  • प्रहार समाचार । तनहुँ ७ असोज २०८१ सोमबार । तनहुँको ऋषिङग गाउँपालिकाले महिला सुत्केरी र अन्य बिरामी हरुका लागि लक्षित गरी भिडियो एक्सरे सेवा घरघरमा पुर्याउने भएको छ ।स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागबाट प्राप्त प्रोटेबल यु एस जी   (भिडियो एक्सरे मेसिन ) प्राप्त भएपछि पालिकाले उक्त सेवा घर घरमा पुर्याउन लागेको  पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताए ।

    ghiring

    ghiring

    झोलामा राखेर एक ठाउँबाट अर्को ठाउँसम्म गाउँका दूरदराजमा रहेका जनताको घर दैलोमा नै सेवा पुर्‍याउन मिल्ने उक्त मेसिनको  १६ लाख ९१ हजार ७ सय ४० रुपैया मूल्य रहेको छ।  ‘ भिडियो एक्सरे मेसिन प्राप्त भएपछि अब गर्भवती महिला लगायत अन्य बिरामीहरुको भिडियो एक्सरे गर्न सहज हुने र पालिकाका जनताले सहज सेवा पाउने छन् ।

    ‘  अध्यक्ष श्रेष्ठले भने ।उक्त मेसिन गाउँपालिकाको पहलमा विशेषगरी स्वास्थ्यमन्त्री प्रदिप पौडेल , सांसद शंकर भण्डारी लगायतको  प्रयासबाट उक्त आधुनिक एप्पल कम्पनीको मेसिन पालिकालाई प्राप्त भएको पालिकाले जनाएको छ । 

    आज उक्त मेसिनको पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ ,उपाध्यक्ष गिनुमाया थापा मगर , प्रमुख प्रशासकीय अधिकृत चीनबहादुर राणाभाट , जिन्सि शाखाका प्रमुख रमेश ढकाल लगायतले संयुक्त रुपमा उक्त खोलेर अवलोकन गरेका थिए । अब उक्त मेसिन स्वास्थ्य शाखा अन्तर्गत रहेर प्रत्येक वडा वडामा सेवा प्रारम्भ गरिने स्वास्थ्य शाखा प्रमुख लोकबहादुर थापाले जानकारी दिए। प्रहर समाचारबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट