आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

काठमाडौँ आउँदै गरेको कारलाई गजुरी नजिक पहिरोले बगायो


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ११, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नौबिसे–मुग्लिन सडकखण्डमा पर्ने चिरौँदी खोलानजिक पहिरोले एउटा कार बगाएको छ ।

    बिहीबार राति सडकमाथिबाट आएको पहिरोले कार बगाएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको छ ।

    धादिङको गजुरीबाट काठमाडौँ जाँदै गरेको बा२च ७८८५ नम्बरको कारलाई पहिरोले बगाएको हो । उक्त पहिरोमा परेर ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

    घाइते हुनेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका( १२ बस्ने ६५ वर्षका धर्म महर्जन, सोही स्थानका ४५ वर्षका देवकृष्ण श्रेष्ठ, ५८ वर्षका करण प्रकाश शाही र कार चालक कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षका विष्णु श्रेष्ठ रहेका छन् ।

    सामान्य घाइते उनीहरु उपचार पश्चात् डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट