आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सेतीकाली साहित्य सङ्गमको ५२ औं काव्य शृङ्खला शनिवार सम्पन्न


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १३, आईतबार मा प्रकाशित १ साल अघि
  • १८ पाठक संख्या
  • असोज १२ , 
    सेतीकाली साहित्य सङ्गम तनहुँको दोश्रो साधारण सभा , स्रष्टा सम्मान एबम् ५२ औं काव्य शृङ्खला शनिवार सम्पन्न भएको छ । भिमाद नपाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच शुक्ला साहित्य सङ्गम दुलेगौंडाका संरक्षक शेषमणि आचार्यलाई कैलाशराधा स्रष्टा कोषबाट ताम्रपत्र द्वारा सम्मान गरिएको सेतिकाली साहित्य सङ्गमका अध्यक्ष नारायण कैलाश सिग्देलले बताएका छन् । 

    भावुक हुँदै आचार्यले आफू सम्मानित हुन पाउँदा साहित्यिक गतिविधिमा लाग्ने थप प्रेरणा ऊर्जा र जागर थपिएको बताए । आचार्यले विगत ६ दशक देखि साहित्यिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका छन् । 

    यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य टुकराज सिग्देलले साहित्यक क्षेत्रको विकासको हुनु नै राष्ट्रको विकास हुने बताएका छन् । साहित्य विश्वसामु पुग्ने र जोड्ने भर्याङ्ग रहेको उनले बताएका थिए । मानव जातिलाई सधैं अग्रगतिमा लम्किन , रचनात्मक बन्न , सुसभ्य र सुसंस्कृत बनाउन साहित्यिक क्षेत्रले विशेष योगदान पुर्याउने बताए । कार्यक्रमलाई विभिन्न साहित्यिक व्यक्तिहरूले सम्बोधन गरेका थिए।  

    सेतिकाली साहित्य सङ्गममा हाल १३७ जना आजीवन सदस्य, ६ जना मानार्थ सदस्य, र १२ वटा अक्षयकोष रहेको संस्थाका अध्यक्ष नारायण कैलाश सिग्देलले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट