आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

घिरिङमा आदा दर्जन  भन्दा बढि सडक  अबरूद्व 


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १४, सोमबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • असोज १४

    बुधबार देखि परेको अविरल वर्षाका कारणले घिरिङका अधिकाश सडक अवरोध भएका छन् । मानपुर – डेढगाउँ सडक खण्ड अन्तर्गतघिरिङ गाउँपालिका -४ स्थित मण्दारमा माथिबाट पहिरो खस्दा सडक अबरोध भएको हो । दुई पाङ्ग्रे सवारीसाधन बैकल्पिक बाटोझोलुङ्गे पुल को प्रयोग गर्दै आएका छन् । 

    त्यसैगरि श्रीकाली शंकर मोटर मार्गकरूवाटार जान्ने सडक माथिबाट रूख सहित पहिरो खस्दा सडक अबरोध भएको छ ।  सडकमा रूखर पहिरो रहेको हुदा मानिस समेत हिड्न गाह्रो भएको स्थानियले बताएका छन् । 

    त्यसैगरि यता फुला पिपलटार, रूपटार,मधुवन सडक खण्डमा पनि माथिबाट पहिरो जादा सडक अबरोध  भएको छ । शालीग्राम करिडोरअन्तर्गत पिपलटार करूवाटार बिच भलादिमा पहिरो जादा सडक अबरोध भएको छ । 

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट