आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

युके पठाउने भन्दै ९ लाख ठग्ने ऋषिङकी जमुना पक्राउ


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • युके पठाइदिन्छु भन्दै ९ लाख ठग्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका वडा नं ८ स्थायी घर भइ हाल पाेखरा १० बस्ने वर्ष २८ कि जमुना गुरूङ थापा रहेकी छन् । जमुनाले सामाजिक सञ्जाल फेसवुक लिङ्क प्रयाेग गरेर विभिन्न व्यक्तिहरूलाइ ठगेको प्रहरीले बताएको छ ।

    जमुनालाइ मिलन मगरको उजुरीको आधारमा पाेखराबाट पक्राउ गरेर थप अनुसन्धानका लागि ५ दिनकाे म्याथ थपि थप अनुसन्धान भइरहेको बताइएको छ । जमुनाले मिलनलाइ आफु नेपाली सेनामा कार्यरत रहेको र भाइ युकेमा रहेको , अब आर्मी छाेडेर युके जान लागेको हुँदा अहिले पैसा सहयोग गर्दिन र पछि तपाईं लाई पनि युके तान्ने भन्ने प्रलोभनमा पारी ९ लाख २१ हजार ५ सय लिएकाे प्रहरी सँगकाे बयानमा बताएको पाइएको छ ।फेसवुकमा भेट , चिनजान र कुराकानी भए पछि विश्वासमा उक्त रकम दिएको तर पछि आफु ठगिएको थाहा पाएपछि उजुरी दिएको मिलनले बताएकाे प्रहरीले जानकारी दिएको छ।तनहुँ प्रेसबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट