आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ ।

    एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट