आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आज दिउँसो कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • काठमाडौँ —अहिले कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँमा भने आंशिक बदलीदेखि मौसम सफा रहेको महाशाखाले जनाएको छ ।  

    कोशी र वाग्मती प्रदेशका एक- दुई स्थानमा आज दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

    आज राति भने कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।कोशी र वाग्मतीमा भारी वर्षाको सम्भावनाले गर्दा गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट