२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

धुलोले आजित भएपछि मध्यविन्दु १० अरुणखोलाका स्थानीयद्वारा केहिबेर  अवरुद्ध  केहि सर्तमा  खुलाईयो । ।      

  • समर रानाभाट
  • १ बर्ष अघि
  • पाठक संख्या १७२

  • चोरमारा ,,
    निर्माणाधीन महेन्द्र राजमार्गमा धुलो उडेर हिँड्नै मुस्किल भएपछि यसको विरोध गर्दै मध्यविन्दु १० का स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । 

    धुलोले दैनिक जनजीवन प्रभावित भएकोले सडक निर्माण कार्य तीव्र बनाउनुपर्ने माग गदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनका लागि बाध्य भएर   स्थानीयले आज बिहान   केही बेर सडक अवरुद्ध गरेका हुन् ।

    नियमित रुपमा   पानी ट्याङ्करको व्यवस्था गरी  दिनमा ३,४ पटक पानी हाल्ने सर्तमा राजमार्ग खुलाईएको अरुणखोला प्रहरीले जनाएको छ ।  धुलो नियन्त्रणका लागि दुई , तीन दिनमा पानी हाल्ने गरिन्छ तर यो गर्मिको समयमा त्यतिले पर्याप्त हुदैन दिनमा ४ पटक सम्म पानी हाल्नुपर्ने स्थानीय वासीको माग रहेको छ । 
      राजमार्ग विस्तारको काम भइरहँदा राजमार्ग आसपासका स्थानिय ,,त्यसका अतिरिक्त हिँडडुल गर्ने सर्वसाधारण, व्यापारी तथा व्यवसायिहरु प्रत्यक्ष प्रभावित छन् ।  
    राजमार्ग आसपासका घरमा बस्न सकिने अवस्था नभएका कारण ठेकेदार कम्पनीको ध्यानकर्षण गराउन स्थानीयले विरोध गरेको बताएका छन् ।   

    तस्विर: स्थानीय शिक्षक नरेश कुवरबाट ।।