१३ बैशाख ।
रानाभाट/भाट समाज नेपाल जिल्ला कार्यसमिति नवलपुरको नयाँ कार्यसमिति गठन भएको छ । शनिबार सम्पन्न समाजको १२ औं साधारण सभा तथा ७ औं अधिवेशनले विष्णु प्रसाद रानाभाटको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा पशुपति रानाभाट,प्रथम उपाध्यक्ष समर रानाभाट तथा महिला उपाध्यक्षमा कुमारी रानाभाट निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिवमा बाबुराम रानाभाट, सह–सचिवमा ओम प्रकाश रानाभाट, कोषध्यक्षमा दिलमाया रानाभाट र सह–कोषध्यक्षमा कृष्ण रानाभाट चयन हुनुभएको छ । कार्यसमितिका अन्य सदस्यहरुमा हरि प्रसाद रानाभाट, सरस्वती रानाभाट, तारादेवि रानाभाट, शर्मिला रानाभाट, शोभा रानाभाट,निरा रानाभाट ,शोभा रानाभाट ,देवि रानाभाट,सुक माया रानाभाट रहनुभएको छ । सोही अधिवेशनले महिला अध्यक्षमा पार्वती रानाभाटलाई चयन गरेको छ ।
कार्यक्रममा निर्वतमान समितिका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद रानाभाटले स्वागत मन्तव्य राख्नु भएको थियो । रानाभाट/भाट समाज नेपालको स्थापना वि.स २०४९ सालमा भएको हो । अहिले नवलपुरमा मात्रै ५१० रानाभाटको घरधुरी र २८५० जनसंख्या रहेको छ ।कार्यक्रममा समाजका ४ वटा इकाईलाई समान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका समाजका केन्द्रिय उपाध्यक्ष हरि रानाभाटले रानाभाट जातीलाई संविधानमा सुचिकृत गर्नुपर्ने भन्दै राष्ट्रिय समावेशी आयोगमा समेत बुझाइएको बताउनुभएको छ । उहाँले सुचिकरणका लागि अहिले रानाभाट जातीको अन्तिम चरणमा पुगेको बताउनुभयो । केहीले क्षेत्री, केहीले ब्रामह्ण जाती लेखिदिने गरेको भन्दै रानाभाट/भाटहरुको आफ्नै ठोस जातीय पहिचानका लागि केही समय अघि समाजले विज्ञप्ती समेत सार्वजनिक गरेको थियो ।
समितिका अध्यक्ष रेशम लाल रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुरेश कुमार रानाभाट ,केन्द्रिय सचिव बाबुराम रानाभाट, केन्द्रिय सह कोषध्याक्ष मन बहादुर रानाभाट, केन्द्रिय सदस्य इन्द्र बाहदुर रानाभाट , रामभक्त रानाभाट , गण्डकी प्रदेश अध्यक्ष सुरज रानाभाट उपाध्यक्ष प्रेम बहादुर रानाभाट , सह सचिव सन्त बहादुर रानाभाट , सदस्य संगिता रानाभाट , तनहुँ जिल्ला अध्यक्ष बेल बहादुर रानाभाट, सचिव रामभक्त रानाभाट , , ,कोषध्यक्ष विनोद रानाभाट शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संचालन जिल्ला सचिव सुर्य बहादुर रानाभाट संचालन गर्नु भएको थियो भने नपलपुर जिल्लाका रानाभाटहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस