दयाराम आचार्य ,नवलपुर । घर घरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका बासिन्दा खुसी भकाएछन् । पहाडी क्षेत्र चम्घाका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाई कार्यालय नवलपुर मार्फत लिफ्टिङ गरेर खानेपानी घर घर पु¥याएपछि यहाँका बासिन्दा खुसी भएका हुन् ।
डोको र गाग्री बोकेर पानी लिन मुहानमा जानुपर्ने अवस्थाबाट अहिले घरमै खानेपानीको धारा आउँदा सुविधा भएको चम्घाका स्थानीय सत्रमाया कुमालले बताउनुभयो । नजिकै पीढीमा रहेको गाग्री देखाउँदै कुमालले भन्नुभयो ‘डोकोमा बोकेर पानी खाइन्थ्यो, उ गाग्री त्यही हो , बोकेर हैरान हुन्थ्यो, घरमै खानेपानीको धारा खोल्यो चाहिए जति पानी आउँछ, त्यही भएर अहिले गाग्री पनि रित्तो छ ,पानी भर्नुपर्ने चिन्ता छैन ।’
घरमा खानेपानीको धारा आउनु पूर्व मुहानमा कपडा बोकेर धुन लैजानुपर्ने , पानीको लागि पालो कुर्नुपर्ने अवस्था रहेको कुमालले बताउनुभयो । ‘पानी भर्ने पालो कुर्दा खेताला जान पनि अबेर हुन्थ्यो, पानीका लागि धेरै दुख खेप्यौ अहिले घरमा पानी आउँदा पनि धेरै थोक पाएजस्तो भएको छ’ कुमालले भन्नुभयो ।खानेपानीको सुविधा नहुँदा विद्यार्थीले पानी बोक्नुपर्ने, मुहानमा जानुपर्ने अवस्था विगतमा रहेकोमा अहिले सहज भएको बुद्धि विकास प्राविका प्रधानाध्यापक श्रीधर कुमालले बताउनुभयो । ‘यहाँ बासिन्दाले खानेपानीको समस्या त कति झेले झेले , विद्यालयमा समेत खानेपानी र सरसफाइमा समस्या थियो, अहिले खानेपानी योजना सम्पन्न भएपछि सहज भएको छ’ प्रधानाध्यापक कुमालले भन्नुभयो खोके्रनी पधेरो स्थित मुहानबाट खानेपानी लिफ्टिङ गरेर चम्घा र ददरालीका एक सय २० घर परिवारलाई खानेपानी वितरण गरिएको चम्घा ददराली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खड्क बहादुर कुमालले बताउनुभयो । पानी मोटरबाट तानेर गाउँको माथिल्लो भागमा निर्माण गरिएको ट्याङीमा भरेर घरघरमा वितरण गरिएको अध्यक्ष कुमालले बताउनुभयो । ‘खानेपानीको सुविधा नहुँदा गाग्रीमा बोकेको पानी अड्कलेर प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा अहिले त्यो अवस्थाको अन्त्य भएको अध्यक्ष कुमालले बताउनुभयो । गाउँलेहरू पानीका गाग्री बोकेर मुहान धाउँथे, ओसारेको पानीले कति हुन्थ्यो र, अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो, यतिका समयमा बल्ल बल्ल घर घरमा खानेपानी आयो, अहिले हामी खुसी छौँ’ अध्यक्ष कुमालले भन्नुभयो । अहिले पानी प्रसस्त रहेको र आवश्यकता अनुसार थप घरहरूमा समेत खानेपानी वितरणको कार्य भईरहेको उहाँले बताउनुभयो ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाई कार्यालय नवलपुर मार्फत चम्घामा खानेपानीको बहु वर्षीय योजना सञ्चालन गरी हालै घर घरमा पानी पु¥याइएको इकाई कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताउनुभयो । गण्डकी प्रदेश सरकारको हरेक घरमा खानेपानीको धारा पु¥याउने लक्ष्य अनुसार चम्घामा लिफ्टिङ खानेपानी योजना सञ्चालन गरी घर घरमा खानेपानी पु¥याइएको प्रमुख आचार्यले बताउनुभयो । करिब रु. १ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको उहाँले बताउनुभयो । लिफ्टिङ खानेपानी योजनाबाट मुहान व्यवस्थापन, रिजर्भ ट्याङ्की निर्माण, पाइपलाई विस्तार मिटर जडान, उपभोक्ताको घरमा धारा जडान लगायतका सबै कार्य गरिएको प्रमुख आचार्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस