आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

नेकपा एमाले घिरिङ – ४ वडा कमिटिको अध्यक्षमा झक बहादुर कुमाल  


  • समाचार कुञ्ज
  • २०८१ पौष १०, बुधबार मा प्रकाशित १ साल अघि
  • ३० पाठक संख्या
  • पुष, १० तनहुँ  । नेकपा एमाले घिरिङ गाउँपालिका वडा नं ४ को वडा भेला तथा दोस्रो वडा अधिवेशन बुधबार  सम्पन्न भएको छ । नेकपा एमाले घिरिङ ४ वडा कमिटीको दोस्रो वडा अधिबेशन जीवन रानाको अध्यक्षतामा र गण्डकी प्रदेश कमिटी सदस्य एबं घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो  । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जनताको हितमा काम गर्ने पाटि नेकपा एमाले रहेको बताए । हामी निर्वाचित भएदेखि यस पालिकाले जनताको घर घरमा पानी बत्ती ,विद्यालय ,स्वास्थ्य ,शिक्षामा  सडकमा फड्को मारेको बताए ।

    यस गड्यौलिटार खानेपानीको काम  अन्तिम चरणमा पुगेको र यसलाई आवश्यक परेमा बजेट थप गर्ने अध्यक्ष थापाले बताए । अन्य पाटीबाट नेकपा एमालेमा दश जनाले पाटी प्रवेश  गरेका छन् । 

    बुधबार  भएको अधिवेशनले झक बहादुर कुमालको अध्यक्षतामा सर्वसहमतमा २९ वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा जिवन थापा, सचिवमा वर्षा राना,उपसचिवमा धन माया कुमाल , प्रेमकुमारी थापा, ममता गुरूङ लगायत चयन भएका छन् । 

    कार्यक्रमममा महाधिवेशन सल्लाहकार परिषद सदस्य विष्णु भक्त सिग्देल , जिल्ला सचिवालय सदस्य इन्द् बहादुर थापा, जिल्ला सदस्य एंव निर्वतामान अध्यक्ष   रन बहादुर राना , जिल्ला सदस्य एंव घिरिङ गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारी ,जिल्ला सल्लाहकार परिषद सदस्य नर बहादुर थापा , शेर बहादुर थापा,,घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमन श्रेष्ठ  , सचिव धन बहादुर राना, सह सचिव मन बहादुर रानाभाट , वडा नं. ४ वडाध्यक्ष भिम बहादुर कुमाल,गाउँ कमिटि सदस्य एंव कार्यपालिका सदस्य रिमा कुमाल ,गाउँ कमिटिका सदस्य , वडा कमिटि सदस्यहरू , पाटिका विभन्न तहका नेता संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू लगाएतको सहभागिता रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट