आज: २०८३ भाद्र १७, बुधबार | Wed, 02, Sep, 2026

विश्वकर्मा आमा समूहको भवन निर्माण सुरु, १७ लाख लागत अनुमान


  • समाचार कुञ्ज
  • २०८३ भाद्र ११, बिहिबार मा प्रकाशित ६ दिन अघि
  • ११ पाठक संख्या
  • भिमाद, तनहुँ । भिमाद नगरपालिका–६ मा रहेको विश्वकर्मा आमा समूहको आफ्नै भवन निर्माणको काम सुरु भएको छ। भवनको एक कार्यक्रमका बीच समूहका सल्लाहकार खिमबहादुर विकले शिलान्यास गर्नुभएको हो।

    ghiring

    ghiring

    समूहले आफ्ना नियमित बैठक, सामाजिक तथा सामुदायिक गतिविधि, महिला लक्षित कार्यक्रमलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुने उद्देश्यले भवन निर्माण गर्न लागेको हो।

    समूहकी अध्यक्ष शोभा सुनारका अनुसार भवन निर्माणका लागि करिब १७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। निर्धारित लागतभित्र भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो।

    आफ्नै भवन निर्माण भएपछि समूहका गतिविधि सञ्चालनका लागि थप सहज वातावरण बन्नुका साथै स्थानीय स्तरमा महिला तथा समुदायसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    भवन निर्माणका लागि आवश्यक सहयोग तथा सहकार्य गर्दै निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य समूहले लिएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट