
समाचार कुञ्ज बौदीकाली गाउँपालिकाका अध्यक्ष श्री प्रकाश ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाअन्तर्गत रहेका ८ वटा स्वास्थ्य संस्था तथा १ वटा आँखा उपचार केन्द्रबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।


स्वास्थ्य शाखा, बौदीकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडा मगरको स्वागत मन्तव्यबाट सुरु भएको समीक्षा कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सहायक तथ्यांक अधिकृत शिवशरण पराजुलीले गर्नुभएको थियो।
वार्षिक समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रगति तथा उपलब्धिको मूल्यांकनका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमले स्वास्थ्य संस्थाहरूको कार्यसम्पादनको समीक्षा गर्दै आगामी दिनमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस