आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

पहिरोपीडित मनबहादुरको परिवारलाई एमाले घिरिङ र गाउँपालिकाद्वारा राहत वितरण


  • समाचार कुञ्ज
  • २०८३ आश्विन १८, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • १९ पाठक संख्या
  • तनहुँ । असोज १९
    गत भाद्र ८ देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण पहिरोले घर पूर्ण रूपमा क्षति पुगेका घिरिङ गाउँपालिका–३ ग्याँजा निवासी मनबहादुर नेपालीको परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।
    नेकपा (एमाले) घिरिङ गाउँकमिटि र घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाको संयुक्त पहलमा पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको हो ।
    राहत स्वरूप घिरिङ गाउँपालिका अध्यक्ष थापाको तर्फबाट २ बोरा चामल, दाल, तेल, मलमसाला र लत्ताकपडा तथा नेकपा (एमाले) घिरिङ गाउँ कमिटीको तर्फबाट थप २ बोरा चामल, दाल, तेल, मलमसाला र लत्ताकपडा सहयोग उपलब्ध गराइएको थियो ।
    उक्त राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा, पूर्व अध्यक्ष रनबहादुर राना, नेकपा एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमनकुमार श्रेष्ठ लगायत नेकपा एमालेका अन्य नेताहरू, स्थानीय जनप्रतिनिधिहरू तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो । नेकपा एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष श्रेष्ठले संकटको घडीमा विपद्मा परेका नागरिकलाई सहयोग पु¥याउन पाउँदा खुसी व्यक्त गर्दै पीडित परिवारको पुनःस्थापनाका लागि पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑