आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

देवचुली जेसिजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


  • समाचार कुञ्ज
  • २०८१ बैशाख ३, सोमबार मा प्रकाशित २ साल अघि
  • २३ पाठक संख्या
  • देवचुली । देवचुली जेसिजद्वारा २० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । देवचुली जेसिजद्वारा देवचुली ९ निवासी हाल अमेरिका रहेका राम शर्मा बस्यालले हजुर आमा स्वर्गीय बिष्णुमता बस्यालको सम्झनामा गरेको सहयोगबाट देवचुली ८ मा रहेको मिलिजुली आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सहयोग गरिएको हो ।

    विद्यालयलाई २० जना विद्यार्थी छनोट गर्न आग्रह गरि छनोट भएका विद्यार्थीहरुलाई स्कुल झोला, १ दर्जन कापी, पेन्सिल १ प्याकेट, कलर १ प्याकेट, ज्यामिती बक्स, ड्रोइङ कीट लगायतका सामग्री वितरण गरिएको कार्यक्रम संयोजक राजेन्द्र भुसालले जानकारी दिनुभयो ।

    देवचुली जेसिजका कार्यकारिणी उपाध्यक्ष सिद्धार्थ क्षेत्रीको अध्यक्षता भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नुनप्रसाद बाचेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि सहयोगदाता राम शर्माका बुवा आमा, मिलिजुली आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर थापा सारु मगर, देवचुली नगरपालिकाका विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यार्थी, अभिभावक लगायत देवचुली जेसिजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचेले देवचुली जेसिजद्वारा विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सामाजिक कार्यमा निरन्तरता दिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा देवचुली जेसिजका वर्ष २०२४ का नरेन्द्र भण्डारीले स्वागत मन्तव्य गर्नुभएको थियो। उक्त कार्यक्रमको सहजीकरण देवचुली जेसिजका महासचिव जीवन भुसालले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट