आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

मगर दिवसमा तनहुँका घिरिङ,ऋषिङ सहित सार्वजानिक बिदा


  • समाचार कुञ्ज
  • २०८१ फागुन १२, सोमबार मा प्रकाशित १ साल अघि
  • ३६ पाठक संख्या
  • तनहुँ । फागुन १२

    ghiring

    ghiring

    ४३ औं राष्ट्रिय मगर स्थापना दिवसको अवसरमा आगामी फागुन १५ गते विहिबार तनहुँका सात वटा स्थानीय तहले सार्वजानिक बिदा दिएका छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लांघाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो ।

    मगर दिवसको अवसरमा तनहुँका अधिकांश स्थानीय तहले सार्वजानिक बिदा दिएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, आबुँखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाले पालिकाभित्र स्थानीय बिदा दिएका हुन् । ति पालिकाहरुले सुचना प्रकाशन गरि राष्ट्रिय मगर एकता दिवसको दिन फागुन १५ गते पालिका भरमा सार्वजानिक बिदा दिएको जनाएका छन् । व्यास नगरपालिका, शुक्लागन्डकी नगरपालिका र देवघाट गाउँपालिकाले उक्त दिवसमा सार्वजानिक बिदा दिएको सुचना प्रकाशित गरेका छैनन् । यद्यपी मंगलबार सम्म ति पालिकाहरुले पनि बिदाको सुचना प्रकाशन गर्ने सम्भावना रहेको देखिन्छ ।

    तनहुँ देशभरीमा सबैभन्दा धेरै मगरजाती बसोबास गर्ने जिल्लाको रुपमा चिनिन्छ । मगर दिवसको अवसरमा आज देश तथा विदेशमा रहेका मगर समुदायले हर्षोल्लासका साथ मगर दिवस मनाउँछन् । यो कुनै चाड नभएर मगर जातीहरु संगठित भएको दिन हो ।

    २०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक पाइन्छ । तर संस्थागतरुपा मगर संघको स्थापना भएको दिनलाई मगर दिवसको रुपमा मनाउने गरिएको पाईन्छ ।

    मगरजातीले फागुन १५ मा संघीय सरकारबाट नै सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गर्दै आएका छन् ।

    स्थापना दिवसमा भेषभुषाको झाँकीसहित बृहत ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित विभिन्न कार्यक्रम गर्ने गरिन्छ । आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको गुनासो मगर समुदायको छ ।

    वि.सं. २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौं मगर समुदायको उपस्थितिमा ‘नेपाल लांघाली परिवार संघ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ गतेलाई संघको स्थापना दिवसको रूपमा मनाउने गरिन्छ । जसलाई मगर दिवस पनि भनिन्छ । २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लांघाली परिवार संघ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट