आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

झरहिखोला क्षेत्रकाे लाइन बेलुकी ५ बजेसम्म बन्द हुने


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १०, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३४ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेती
    बुटवल-नारायणघाट सडक आयोजना पूर्वी खण्डले गैंडाकोट–१५ झरहिखोला आसपासमा सडक विस्तारको कार्य अन्तर्गत आज (मिति २०८२ असार १० गते) ०.४ केभी ए.बी.सी. केबल तान्ने कार्य गरिरहेको छ।

    ghiring

    ghiring

    उक्त कार्यका क्रममा झरहिखोलाको सडकमाथि र तल रहेको १०० र १०० केभीए ट्रान्सफर्मरबाट वितरित विद्युत् लाइन आज बेलुका करिब ५ बजेसम्मका लागि अवरुद्ध हुने भएको छ।

    विद्युत् अवरुद्ध हुने क्षेत्रका ग्राहकहरूलाई असुविधा हुन सक्ने भएकाले सावधानी अपनाउन नेबिप्रा कावासोती केन्द्रले फेस्बुक मार्फत अनुरोध गरेको छ। साथै, केन्द्रले यस कारणले पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट