आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

पिडित रोशन विकलाई ६७ हजार ६ सय ९ आर्थिक सहयोग हस्तान्तरण 


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २२, आईतबार मा प्रकाशित १ साल अघि
  • ३६ पाठक संख्या
  • असार २२, समर रानाभाट

    ghiring

    ghiring

    घिरिङ । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले उपचारका लागि अस्पतालसम्म लैजान नसक्ने अवस्था भएका घिरिङ गाउँपालिका वडा नम्बर ४ फुला गुरङ्ग गाउँका रोशन विकलाई आर्थिक सहयोग प्रदान भएको छ । घिरिङ गाउँपालिका वडा नम्वर ३ का स्वास्थ्यकर्मी गोपाल विक  र वडा नम्बर ४ का समाचार कुञ्ज अनलाइनका संचालक समर रानाभाटले  पिडितलाई आर्थिक संकलन गरेको रकम रू ६७,६०९   सडसठि हजार छ सय नौ रूपैयाँ   (आज ) आइतबार घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापालाई हस्तान्तरण गरेका छन् । 

    गाउँपालिका अध्यक्ष होम बहादुर थापाले हस्तान्तरण गरेको रकम पिडित विरामीलाई हस्तान्तरण गर्दै छिटै उपचारका लागि अस्पताल सम्म पुर्याउन परिवारलाई आग्रह गरेका थिए । अध्यक्ष थापाले विरामीलाई अस्पताल सम्म पुर्याउन गाउँपालिकाको एम्बुलेन्स समेत नि शुल्क उपलब्ध गराउने बताए । विदेशमा आफ्नो परिश्रम गरेर कमाएको पैसा विरामीको उपचार गर्नु पठाउनु हुने सम्पुर्ण युवाहरूलाई समेत धन्यवाद  दिएका छन् । 

    सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमन श्रेष्ठ,  घिरिङ गाउँकार्यपालिका एवं प्रवक्ता भुवन सि विक, कार्यपालिका सदस्य पार्वति विक, घिरिङ स्वास्थ्य चौकी प्रमुख पृत्तम थापा , फुला स्वास्थ्य आधारभुत चौकी प्रमुख प्रविन श्रेष्ठ ,वडा नम्बर ४ का प्रविधिक गणेश विक, गाउँपालिका प्रेस सल्लाहकार अन्जान परियार, अध्यक्षका स्वकीय सचिव भुवन थापा,समाजसेवी टोल बहादुर विक लगायतको सहभागिता  रहेका थिए । 

    सहयोगहरू

    अनन्त बगाले लमजुङ हाल दुबैई बाट रू १२५००विरेन्द्र रानाभाट घिरिङ ४ उम्से हाल कतारबाट रू २१०० ,मिन बहादुर थापा घिरिङ ४ रामकोट हाल दुबैई बाट रू ५५५५  क्षितिज   थापा  ३३३३
     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट