आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

तनहुँको बन्दीपुरमा दुई बस ठोक्किँदा २९ जना घाइते, चालकको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ मंसिर २, आईतबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • काठमाडाैं- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५, नयाँपुल गोरेचौतारामा आइतबार दिउँसो ३ः५० बजे दुई बस ठोक्किदा २९ जना यात्रु घाइते भएका छन् ।

    गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    घाइतेहरुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    बसमा सवार तीनजना गम्भीर रहेका छन् भने चालककाे मृत्यु भएकाे छ ।

    घटनाकाे थप विवर खुलेकाे छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट