आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुनको २३–२५ गते विराटनगरमा गर्ने निर्णय


  • समाचार कुञ्ज
  • २०८१ पौष १८, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं, पुस 

    प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ । प्रेस चौतारी नेपालको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

    बैठकले माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति समेत तोकिएको छ ।

    जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतम, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा आज भएको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट