आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दुलेगौंडा आमा समुहद्धारा सुत्केरीलाई सहयोग


  • समाचार कुञ्ज
  • २०८१ माघ २३, बुधबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • दुलेगौंडा, २३ माघ । दुलेगौंडा आमा समुहले बुधवार सुत्केरीलाई सहयोग गरेको छ । मजदुरी गर्दै आएका हरिनाश–४ का प्रकाश विक र उनकी सुत्केरी श्रीमती विनिता विकलाई दैनिक उपाभोग्य सामाग्री सहयोग गरिएको हो । शुक्लागण्डकी–३ कवासेस्थित उनीहरु भाडामा बसेकै स्थानमा पुगेर चामल, घिउ, तेल, खसीको मासु लगायतका सामाग्री सहयोग गरिएको हो । 
    दुलेगौंडामा आमा समुहले हेल्थपोष्टचोकमा स्थापना गरि सञ्चालन गरेको कपडा बैंकमा केहि हप्ता पहिले कपडा लिन विनिता पुगेकी थिइन । सोहि समयदेखि चिनजान भएपछि सुत्केरीको बेलामा पर्याप्त पोषणयुक्त खानेकुरा खुवाउन सहयोग गर्ने उदेश्यले सहयोग गरिएको आमा समुहकी अध्यक्ष मधु शर्मा पौडेलले जानकारी दिइन् । उनका अनुसार आमा समुहका सदस्यहरुले स्वतस्फूर्त रुपमा सहयोग गरेका हुन् । मंसिर अन्तिम सातादेखि आमा समुहले कपडा बैंक सञ्चालन गर्दै आएको छ । साे बैंकमा कपडा हुनेले दिने र नहुनेले लिएर लैजान छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट