आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

राष्ट्रिय युवासंघ नेपाल नवलपुरको अध्यक्षमा ढकाल निर्वाचित


  • समाचार कुञ्ज
  • २०८२ बैशाख ७, आईतबार मा प्रकाशित १0 महिना अघि
  • ९ पाठक संख्या
  • कावासाेति – 
    नेकपा एमालेको युवासंगठन राष्ट्रिय युवासंघ नेपाल नवलपुरको अध्यक्षमा रमेश ढकाल निर्वाचित भएका छन् । सदरमुकाम कावासोतीमा आज भएको १० औँ जिल्ला अधिवेशनको बन्दसत्रले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
           गत माघ २० गते गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा अधिवेशनको उद्घाटनशत्र चलिरहदा संघका तत्कालिन जिल्ला उपसचिव तवारक मियाको हृदयघातका कारण निधन भएपछि रोकिएको अधिवेशनको बन्दसत्र आज भएको हो ।
            संघको जिल्ला उपाध्यक्षमा देव गाहा (मगर) सचिवमा ढुण्डीराज केसी, कोषाध्यक्षमा एकनारायण पौडेल र सहसचिवमा प्रविण सापकोटा र कमल केसी सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले सबै युवाहरुको भावना समेटेर संगठनलाई चलायमान बनाउने बताए । सबैको भावना प्रतिनिधीत्व हुने गरि मेरो टिमले काम गर्छ, ढकालले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट