आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

नवलपुरको देवचुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर कार्यालय उद्‌घाटन 


  • समाचार कुञ्ज
  • २०८२ बैशाख २७, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ९ पाठक संख्या
  • देवचुली नगरपालिकामा राष्ट्रिय  स्वतन्त्र पार्टीको नगर कार्यालय उद्‌घाटन गरिएको छ। रास्वपा देवचुली १५ को प्रथम वडा अधिवेशनको अवसर पारि उक्त पार्टी कार्यालयको उद्‌घाटन गरिएको हो।रास्वपाका नगर सभापति क्याप्टेन शेर बहादुर केसीको सभापतित्व सँगै रास्वपाका केन्द्रिय उपसभापति तथा प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न पार्टी कार्यालय उद्‌घाटन कार्यक्रममा गण्डकी प्रदेश सभा सभापति राजन गौतम , जिल्ला सभापति नरिश्वर लामिछाने , कावासोतीका सभापति मोहन बस्नेत , हुप्सेकोटका सभापति पदम राना सहित कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    रास्वपा देवचुलीका नगर सदस्य सुनिल न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सचिव दुर्गा प्रसाद पौडेलले सहजीकरण गरेका थिए।

    सोही अवसरमा देवचुली १५ का संयोजक नवराज तिवारीको सभापतित्वमा सम्पन्न भएको प्रथम वडा अधिवेशनमा ३५ जना रास्वपा पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्ने सम्पूर्णलाई प्रमुख अतिथि रास्वपाका केन्द्रिय उपसभापति तथा प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले स्वागत गरेका थिए।साभार : हेर्ने पाटीबाट 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट